भाेटेकाेशी बाढीबाट पिडितलाई महेन्द्र मा.बि.साेमनीका बिद्यार्थीद्वारा अार्थिक सहयाेग
भदाै १५नवलपरासी
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरिबाट मानवीय सहयोग जुट्न थालेको छ । व्यक्तिगत तथा सामुदायिक रूपमा बाढीपीडितका लागि सहयोग संकलन हुन थालेपछि विपद्को समयमा राष्ट्रिय एकता र सामाजिक सद्भावको भावना थप बलियो बनेको देखिएको छ ।
यसै गरि पश्चिम नवलपरासी काे प्रतापपपुर गाउपालिका वडा न ३मा रहेकाे महेन्द्र माध्यमिक बिद्यालय साेमनी मा गठित बालक्लबले बिद्यार्थीहरुबाट अार्थिक सन्कलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ हजार २ सय२५ रुपैयाँ सहयोग गरेका छन् । सहयाेग सन्कलन गरि बिद्यालयकाे प्राधानध्यापक याेगेन्द्र प्रसाद बनिया मार्फत पठाईएकाे हाे । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति बिद्यालयका प्राधानाध्यापक याेगेन्द्र प्रसाद बनियाले दु:ख व्यक्त गरे । उनले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।
तेसै गरि बिद्यालयकाे सहायक प्राधानाध्यापक दिगबिजय गाैरव थारुले विपद्का बेला सहयोगले पीडित नागरिकको पीडामा मल्हम लगाउने बताए । उनले सहयोगको रकमभन्दा त्यससँग जोडिएको मानवीय भावना अझ महत्वपूर्ण हुने उल्लेख गरे ।
साथै विपद्को समयमा गरिएको सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताउँदै सक्षम व्यक्ति, संस्था तथा समुदायलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार उद्धार, राहत तथा पुनःस्थापनाको अभियानमा जोडिन सबैलाई आग्रह गरे ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा व्यापक कटान र डुबान भएको छ। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, कैयौँ नागरिक बेपत्ता भएको तथा सयौँ परिवार विस्थापित हुनुपरेको बताइएको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनासमेत क्षतिग्रस्त बनाएको छ।
अचानक आएको बाढीका कारण हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले ज्यान गुमाउनुभएको छ भने केही अझै बेपत्ता हुनुहुन्छ। यस दुःखद् घटनाले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ।यस्तो कठिन र पीडादायी अवस्थामा हामी सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो।







Comments