महेशपुर क्षेत्र काे दशगजामा सुरक्षाकर्मीहरुकाे सयुक्त गस्ति
लक्ष्मी हरिजन महेशपुर पाैष १६
भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्थालाई थप कसिलो बनाउन र आपसी समन्वय सुदृढ गर्ने उद्देश्यले सीमा सुरक्षा बल गुल्म हरपुर ,ईलाका प्रहरी कार्यालय महेशपुर र सीमा सुरक्षा बल (एसएसबी)ठुठिबारी बीच संयुक्त गस्ती तथा समन्वय बैठक सम्पन्न भएको छ।सयुक्त गस्तिले दशगजा क्षेत्रमा गस्ति गरिएकाे बताईएकाे छ ।
सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी र सीमापार अपराध रोकथामका लागि दुवै देशका सुरक्षा निकायले सूचना आदान–प्रदान गर्ने सहमति गरेका छन्। बैठकमा सीमा सुरक्षालाई प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीति र भविष्यमा आइपर्ने चुनौतीहरूको सामना गर्न आपसी तालमेललाई अझ मजबुत बनाउने विषयमा गहन विचार विमर्श भएको थियो।







Comments