रामग्राम नगरपालिकाद्धारा “NO PARKING” बोर्ड हस्तान्तरण

नन्दु यादव नवलपरासी पाैष१३

पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाले  ट्राफिक प्रहरी कार्यालय परासि लाई"No PARKING"लेखेकाे १५थान बाेर्ड  अाज हस्तान्तरण गरेकाे छ । परासीकाे मुख्य बजारमा अब्यवस्थित पार्किङ का कारण हुने दुर्घटना न्युनिकरण हुने उदेश्य ले बाेर्ड हस्तान्तरण गरिएकाे रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भयाे । अव्यवस्थित पार्किङ व्यवस्थापन गर्नको निमित्त “NO PARKING” बोर्ड हस्तान्तरण गरि परासिको मुख्य बजार एरियामा पार्किङ ब्यवस्थापन गर्ने कार्यमा सहज हुने बिश्वास लिएकाे यादवले बताउनु भयाे।ट्राफिक नियम उल्लङ्घनका सम्भावित खतराहरू र सडक सुरक्षाको महत्त्वबारे समेत बताउनु भएकाे थियाे  ।

ट्राफिक प्रहरी कार्यालय परासीका प्रमुख बिबस अर्यालले यस्ता सचेतनामूलक बोर्डले सवारी दुर्घटनामा न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिएकाे बताउनु भयाे साथै पछिल्लो समयमा बढ्दैगएको सवारी साधन, बढ्दैगएको जनसङ्ख्या र ट्राफिकसम्बन्धी चेतनाको अभावका कारण सडक दुर्घटना बढ्दैगएको जनाउँदै नियमहरूबारे चेतना जगाउन नियम पालनामा कडाइ पनि आवश्यक रहेको बताउनुभयो ।

Comments