सशस्त्र प्रहरी द्वारा अबैध सामान बरामद
पाैष ५पश्चिम नवलपरासी
पश्चिम नवलपरासी जिल्लामा अहिले सशस्त्र प्रहरीले अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालेकाे छ ।निकै सक्रियताका साथ अहिले कामकाज गर्दै अाएकाे छ। यसै गरि पाल्हीनन्दन गा.पा.- वडा न ५ सिसवा स्थित अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा रु. १७,७०,०००।- मुल्य बराबरको मोवाईल टेम्पर ग्लास र मोवाईल कभर- ६००० पिस (६ काटुन) अबैध सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. हरपुरबाट खटिएको टोलीले बरामद गरेकाे छ।बरामद सामान महेशपुर भन्सार वुझाउने प्रक्रियामा रहेको सुचना अधिकारी स.प्र.ना.उ गोबिन्द बहादुर के.सी.ले जानकारी दिनु भयाे ।
भारतबाट सस्ताे मुल्यमा खरिद गरि नेपाल भित्र्याएपछि माेटाे रकम नाफा लिने उदेश्य ले सामानहरु तस्करी भईरहेकाे बुझिएकाे छ ।







Comments