नवलपरासीमा झडप २१ जना घाईते,१ जनाको अवस्था गम्भिर
सहबान अन्सारी
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं.३ बेलाशपुरमा झडप हुदाँ २१ जना घाईते भएका छन।
मंगलवार बिहान दुई पक्ष बिच पुरानो झगडाको बिषय लिएर उत्पन्न भएको झगडाले उग्र रुप लिदाँ प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ३ राउण्ड हवाई फायर र ५ राउण्ड आश्र्सुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी नारायण थापाले बताए।
स्थानिय र प्रहरी बिच झडप हुदाँ ५ जना स्थानिय, १२ जना नेपाल प्रहरी र ४ जना सशस्त्र प्रहरी घाईते भएका छन भने घाईते मध्ये १ जना स्थानियको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय महेशपुर प्रहरीको
बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी समेत भएको निरिक्षक थापाले बताए।
अवस्थालाई मध्यनजर गर्दे ब्यापक सुरक्षाकर्मी परिचान गरिएको छ ।
प्रहरीले ६ जना स्थानियलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।







Comments