प्रतापपुर वडा न १/२लाई पुर्ण सस्थागत प्रसुति सेवायुक्त वडा घाेषणा

नन्दु यादव नवलपरासी 
 
पश्चिम नवलपरासीजिल्लाकाे प्रतापपुर गाउपालिका वडा न १र २लाई अाज एक कार्यक्रम बिच पुर्ण सस्थागत प्रसुति सेवायुक्त वडा घाेषणा गरिएकाे छ।स्थानीय प्रजनन स्वास्थ्य समन्वय समिति का महेन्द्र बहादुर चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा घाेषणा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम मा पुनम पासीले स्वागत मन्तब्य ब्क्त गर्नु भएकाे थियाे ।कार्यक्रममा ,जगन्नाथपुर अाधारभुत अस्पताल सेमरीका डा. रामकुमार जैसवाल ,प्रतापपुर गाउपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरी,गापा उपाध्यक्ष मानकुमारी चाैधरी लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले पुर्ण सस्थागत प्रुसति सेवायुक्त वडा घाेषणाले बालमृत्युदर तथा मातृमृत्युदर घटने बिश्वास लिएकाे बताउनु भयाे ।
सस्थागत प्रसुति सेवायुक्त घाेषणालाई दिर्घकालिन रुपमा कार्यन्वयन गर्न जाेडदिनु पर्ने कुरामा जाेडदिनु भयाे ।

Comments