त्रिभुवन क्याम्पस बेलाटारी मा लागुअाैषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

त्रिवेणी प्रेस चैत्र २१नवलपरासी 

अाज पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९मा रहेकाे त्रिभुवन क्याम्पस बेलाटारीमा लागू अाैषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ ।
समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय बेलाटारी को आयोजनामा मा सम्पन्न भएकाे हाे । क्याम्पस  मा अध्ययनरत  बिद्यार्थीको सहभागितामा “लागुअाैषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जनाएकाे छ । कार्यक्रममा सहभागिहरुलाई ईलाका प्रहरी कार्यालय बेलाटारी का प्रहरी निरीक्षक श्याम प्रकाश यादवलेे लागू अाैषध नियन्त्रण  सम्बन्धी प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नुभएको थियाे ।यस्ता कार्यक्रम  बिभिन्न बिद्यालय मा गर्ने लक्ष्य रहेकाे समेत यादवले बताउनु भयाे ।

Comments