नेपाल मुस्लिम ईतेहाद सगठन नवलपरासी काे जिल्ला अधिबेशन माघ १३गते महलबारीमा हुने

नवलपरासी माघ३
नेकपा एमाले को जनवर्गीय संगठन नेपाल मुस्लिम ईत्तेहाद संगठन को नवलपरासी (पश्चिम)काे जिल्ला अधिवेशन यहि अाउदाे माघ १३ गते सुस्ता गाउपालिका वडा न २महलबारीकाे दुर्गा मन्दिरमा हुने भएकाे छ ।नेपाल मुस्लिम सगठन लाई मजबुत तथा हक अधिकार का प्राप्ति लागि सगठन लाई क्रियासिल बन्ने यश अधिबेशन बाट बिश्वास लिएकाे छ ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य, नेपाल मुस्लिम ईत्तेहाद संगठन का केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य माननिय संसद सेराज अहमद फरूकी रहने प्रचारप्रसार समिति बिभागका प्रमुख क्यामुद्दिन पठानले जानकारी दिनु भयाे ।
 
नेताहरूले यस अधिवेशनले जिल्लालाई नयाँ सन्देश दिने बताएका छन।अधिवेशनले सगठनकाे राजनीतिक जीवनलाई थप ऊर्जा दिने बिश्वास लिएकाे छ।नेतृत्व चयन सकेसम्म सर्वसम्मति रूपमा गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताईएकाे छ । 
पार्टीभित्र स्वस्थ प्रतिपर्धालाई निषेध नगरिएको तर कुनै समूहगत उम्मेदवारी नहुने स्पष्ट पारिएकाे छ ।

Comments