स्वास्थ र शिक्षा स्थानीय तहले सञ्चालन गर्न नसक्ने पूर्व मन्त्री: त्रिपाठी
पप्पु रेग्मी, बर्दघाट २४ पौष,
पश्चिम नवलपरासी जिल्लाकाे
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काे
३३ औं प्याब्सन स्थापना दिवसकाे अवसरमा "नेपालको शैक्षिक उन्नयनमा निजी विद्यालयहरुको योगदान र आवश्यकता" विषयक प्यानल छलफल कार्यक्रम मंगलबार बर्दघाटमा सम्पन्न भएको छ ।
प्याब्सन नवलपरासी जिल्लाकाे अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा जनता प्रगतिशील पार्टिका अध्यक्ष, संविधान सभा सदस्य एवं पूर्व मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै, प्रमुख अतिथी त्रिपाठीले स्वास्थ र शिक्षा स्थानीय तहले सञ्चालन र व्यवस्थापन गर्न नसक्ने बताउदै, अहिले सदनमा पेश भएको शिक्षा बिधेयकले नेपालको शिक्षा क्षेत्र ध्वस्त हुने र सो संविधान विपरीत भएको बताउनु भयो। त्रिपाठीले प्राथामिक स्वास्थ र माध्यमिक शिक्षाको भार स्थानीय तहले धान्न नसक्ने बताउनुभएको हो ।
कार्यक्रममा प्याब्सन नवलपरासीका प्रमुख सल्लाहकार इन्द्र बहादुर गुरुङ, प्याब्सन लुम्बिनी प्रदेश सचीव धनराज चापागाईं, प्याब्सन पूर्व केन्द्रिय सदस्य याम बहादुर थापा लगायतले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा "नेपालको शैक्षिक उन्नयनमा निजि विद्यालयहरुको योगदान र आवश्यकता "विषयक प्यानल छलफलमा जिल्ला शिक्षा समन्वय इकाई नवलपरासीका प्रमुख पूर्ण बहादुर विश्वकर्मा, बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्याब्सनका पूर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य, बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल, शिक्षाबिज्ञ रमेश न्यौपाने बिच प्याब्सनका केन्द्रीय सचिव सुवर्ण न्यौपानेले बहस चलाउनु भएको थियो ।
प्याब्सन नवलपरासीका वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सह-सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो।







Comments